सूचना तथा समाचार

बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन कार्यक्रम

मिति २०८१ साल पौष १३ गतेका दिन तदनुसार २८ डिसेम्बर २०२४ शनिबारका दिन स्वास्थ्य चौकीको व्यवस्थापनमा पालुङटार नगरपालिकाको समन्वयमा लायन्स क्लब अफ काठमाडौँ दीपसेवा आयोजना र च्याङ्ली गोर्खा काठमाडौँ सम्पर्क समाजको सह आयोजनामा स्वास्थ्य चौकीमा मिति २०८१ साल पौष १३ र १४ गतेका दिन सञ्चालन हुने बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन कार्यक्रम समुद्घाटन समारोह वडा नं ७ को वडा अध्यक्ष एवं च्याङ्लि स्वास्थ्य चौकी स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष श्री अर्जुनबहादुर कुमाल ज्यूको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनज्यूले समुद्घाटन गर्नुभएको थियो। कार्यक्रमको विशिष्ट अतिथिको रूपमा नगर उपप्रमुख श्री बन्दना पाण्डेज्यूको उपस्थिति रहेको थियो। यो कार्यक्रमको विशेष अतिथिको रुपमा दीप सेवाका प्रेसिडेन्ट एण्ड डिस्ट्रिक्ट चेयरम्यान श्री अनिल भण्डारी ज्यू र निवर्तमान नगर प्रमुख इन्जिनियर दीपक बाबु कडेलज्यूको उपस्थिति रहेको थियो। अतिथिको रूपमा यस कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य श्री प्रमिला थापाज्यू श्री प्रेम बहादुर कुमाल ज्यूको उपस्थिति रहेको थियो। त्यस्तै गरेर यसको सहआयोजकको रूपमा शिविरलाई सहयोग गर्नुहुने च्याङ्ली गोर्खा काठमाडौँ सम्पर्क समाजका अध्यक्ष मोतीकुमार श्रेष्ठज्यू अतिथिको रूपमा रहनुभएको थियो। यस्तै शिविर समुद्घाटन कार्यक्रमको अतिथिको रूपमा निवर्तमान वडा अध्यक्ष एवं च्याङ्ली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्री बसन्त कुमार श्रेष्ठ ज्यू ,साविक च्याङ्ली गाविसका पूर्व अध्यक्ष पूर्णबहादुर श्रेष्ठज्यू , लायन्स क्लब दीपसेवाका श्री शिशिर भण्डारीज्यू , लायन्सका सेक्रेटरी श्री रामकुमार श्रेष्ठज्यू, first v p श्री अनिल कुमार शर्माज्यू , दिप्सेवाका सदस्य श्री गंगालाल श्रेष्ठ ज्यू, त्यस्तैगरी च्याइली गोर्खा काठमाडौँ सम्पर्क समाजका आदरणीय दाजुहरु क्रमश श्री आश कुमार श्रेष्ठज्यू, श्री रामचन्द्र श्रेष्ठ ज्यू, श्री आशिष श्रेष्ठज्यू, श्री श्याम कुमार श्रेष्ठ ज्यू, पानापा वडा नम्बर ७ स्थित मर्स्याङ्दी बल्थुम खानेपानी उपभोक्ता समितिका अध्यक्ष श्री गणेशलाल श्रेष्ठज्यू, मजुवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्री कृष्णकुमार श्रेष्ठ ज्यू, उज्जवल कृषि सहकारी संस्थाका अध्यक्ष श्री मानबहादुर थापा मगरज्यू, अस्थायी प्रहरी चौकीका प्रमुख भूमिराज घिमिरेज्यू , को उपस्थिति रहेको थियो , शिविरमा रहनुहुने प्राविधिक टिमहरू श्रीमती सरु त्वाँटी , डाक्टर सन्दीप कुमार श्रीवास्तव ,डाक्टर बबिना रायमाझी, डाक्टर प्रनिस पोखरेल ,डाक्टर प्रियंका शर्मा ,डाक्टर सुखमल भट्टराई, डाक्टर सुमित यादव, डाक्टर रिनेश सापकोटा, ज्यूको अतिथिको रूपमा उपस्थिति हुनुभएको थियो । त्यस्तै गरेर दन्त स्वच्छता विशेषज्ञ श्री जिना बिक ज्यूको उपस्थिति रहेको थियो। अतिथिकै रुपमा नागास्थान युवा क्लबका सचिव श्री टिका राम कुमाल ज्यू लगायत थुप्रै अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम बिहान ठिक १० बजेको समयमा नगरप्रमुख विवश चिन्तनज्यूको बाहुलीबाट दीप प्रज्वलन गरी समुद्घाटन सम्पन्न भएको थियो, कार्यक्रममा दिप्ससेवाका प्रेसिडेन्ट एण्ड डिस्ट्रिक्ट चेयरम्यान अनिल भण्डारी ज्यूले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुखज्यूले आफ्नो महत्वपूर्ण भनाइ राख्दै पालुङटार नगरबासीको स्वास्थ्यप्रति आफू गम्भीर र चासो रहेको कुरा व्यक्त गर्नुभयो। कार्यक्रमको समुद्घाटन समारोह समाप्तपछि नगर उपप्रमुख श्री बन्दना पाण्डेज्यूले आफ्नो आँखा परीक्षण गराउनुभएको थियो , यो कार्यक्रममा कार्यक्रमको आयोजना गर्नुहुने लायन्स क्लब अफ दीप सेवालाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं। कार्यक्रमको सहआयोजकको भूमिका निर्वाह गर्नुहुने च्याङ्ली गोर्खा काठमाडौँ सम्पर्क समाज लाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौँ। कार्यक्रममा सेवाग्राहीहरूलाई यो जाडोको समयमा चियापान गराउनुहुने च्याङ्ली बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष एवं सो संस्थाका समिति लगायत सबै सेयर धनीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं। कार्यक्रममा उपस्थित रहनुहुने सबै सबैलाई स्वच्छ पिउने पानी उपलब्ध गराउनु हुने मर्स्याङ्दी बल्थुङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष एवं सो समितिका सबै उपभोक्ता सदस्यहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं। कार्यक्रममा स्वयंसेवकको रूपमा उपलब्ध गराउनु हुने उज्ज्वल कृषि सहकारी संस्थाका अध्यक्ष र नागास्थान युवा क्लबका अध्यक्ष एवं सचिवज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं। यो कार्यक्रममा दिनरात नभनी खटिने लायन्स क्लब अफ काठमाडौँ दिप्स सेवाका सबै टिम लगायत प्रिय मित्रहरू श्री रामकुमार श्रेष्ठ ज्यू र गंगालाल श्रेष्ठज्यूलाई हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं। कार्यक्रममा खटिने सबै डाक्टरहरू र स्वास्थ्यकर्मी सबै सबैमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। शिविर सञ्चालनलाई सहयोग पुर्‍याउनको लागि आआफ्नो स्थानबाट काम गर्नुहुने च्याङ्ली गोर्खा काठमाडौँ सम्पर्क समाजका सबै सदस्य महानुभावहरूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छौं। आजको कार्यक्रममा सेवा लिन आएका जम्मा सेवाग्राहीहरूमध्ये महिला ३९४ र पुरुष १८२ जना सेवाग्राहीहरू रहेका छन्। उपस्थित सेवाग्राहीहरूमध्ये हाड जोर्नी समस्या र आँखाको समस्या बढी भएका सेवाग्राहीहरूको उपस्थिति रहेको थियो। शिविर सञ्चालनको केही फोटोहरू यी सबै फोटोहरू खिचेर हामीलाई उपलब्ध गराइदिने कार्यक्रममा फोटो तथा कार्यक्रमलाई चाहिँ भिडियो रेकर्ड गरेर युट्युबसम्म राख्ने हाम्रा आदरणीय व्यक्तित्व पालुङ्टार नगरपालिका वडा नम्बर ७ को बिरुटार निवासी श्री सुभाष थापाज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।

 

 

 

 

पालुङटार नगर स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड, अन्तर मा.वि खेलकुद प्रतियोगिता-२०८१

मिति २०८१-०९-११ देखि २०८१-०९-१३ गते सम्म पालुङटार नगरपालिका को आयोजनामा पालुङटार नगर स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड, अन्तर मा.वि खेलकुद प्रतियोगिता-२०८१ को अन्तिम दिन सम्पन्न भएको छ।उक्त कार्यक्रममा पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तन ज्यू, नगर उप-प्रमुख वन्दना पाण्डे ज्यू, जिवन ज्योति मा.वि च्याङलीका प्रधानाध्यापक ज्यू, पालुङटार नगरपालिका वडा नं. ०७ का अध्यक्ष ज्यूले आफ्नो मन्तव्य राख्नु भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी ज्यू, शिक्षा शाखा प्रमुख पूर्ण बहादुर नेपाली ज्यू, वडा अध्यक्ष ज्यूहरु, प्रधानाध्यापक ज्यूहरु,विभिन्न राजनैतिक दलका प्रतिनिधि ज्यूहरु, अभिभावक ज्यूहरु, विभिन्न विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अन्तिम दिन विभिन्न विधाका खेलहरु (३००० मि. दौड (छात्र/छात्रा), ४०० मि.दौड (छात्र/छात्रा), हाइजम्प (छात्र/छात्रा), ४x१०० रिले, भलिबल(छात्र/छात्रा)) खेलाइ सम्पन्न भएको छ।३ दिनको कार्यक्रम अवदि भरि भएको विभिन्न विधाका खेलहरुमा ११ स्वर्ण, ४ रजत, ४ कास्य पदक सहित अमर ज्योति जनता मा.वि पा.न.पा-४ प्रमथ हुन सफल भएको छ, ६ स्वर्ण, ५ रजत, २ कास्य पदक सहित रजगरे मा.वि पा.न.पा-६ द्वितीय हुन सफल भएको छ भने ३ स्वर्ण, ५ रजत, २ कास्य पदक सहित जीवन ज्योति मा.वि पा.न.पा-७ तृतीय हुन सफल भएको छ यसै गरि पुरस्कार हस्तान्तरण कार्यक्रम सम्पन्न भयो।

 

 

 

 

लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी चेतना मुलक सडक नाटक प्रदर्शन

मिति २०८१-०८-२५ गते लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिन पालुङटार नगरपालिकाको संरक्षण तथा पालुङटार नगर स्तरीय महिला संजालको आयोजनामा लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी चेतना मुलक सडक नाटक प्रदर्शन पा.न.पा-७ विरुवाटार बजार, पा.न.पा-६ पौवाटार बजार, पा.न.पा-५ ठाँटीपोखरी बजार, पा.न.पा-४ बड्डाडा बजारमा सम्पन्न भएको छ, पालुङटार नगरपालिका नगर प्रमुख श्री विवस चिन्तन ज्यूको प्रमुख आतिथ्यता रहेको थियो भने पा.न.पा-७ मा वडा स्तरीय महिला संजाल अध्यक्ष उषा पाण्डे ज्यूले अध्यक्षता गर्नुभएको थियो यसै गरि पा.न.पा-६ मा महिला वडा सदस्य इन्दिरा नेपाली ज्यूले अध्यक्षता गर्नुभएको थियो यसै गरि पा.न.पा-५ मा वडा स्तरीय महिला संजाल अध्यक्ष सुतिना थापा अधिकारी ज्यूले अध्यक्षता गर्नुभएको थियो भने पा.न.पा-४ मा वडा स्तरीय महिला संजाल अध्यक्ष सिता श्रेष्ठ ज्यूले अध्यक्षता गर्नुभएको थियो यसै गरि अतिथिको रुपमा वडा अध्यक्ष ज्यूहरु लगायत विभिन्न वडाका महिला संजालबाट पाल्नु भएका महिला तथा अन्य ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

अपाङ्गता भएका व्यक्तिहरुको ३३ औ अन्तराष्ट्रिय दिवसको अवसरमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

मिति २०८१-०८-१८(2024-12-03 A.D.) गते पालुङटार नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरुको ३३ औ अन्तराष्ट्रिय दिवसको अवसरमा क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा पालुङटार नगरपालिकाका नगर प्रमुख श्री विवस चिन्तन ज्यूले अपाङ्गता भएका व्यक्तिहरुलाई व्हीलचेयर, फलफुल लगाएतका सामाग्रीहरु वितरण गर्नु भएको थियो।

 

 

 

 

आ.व. २०८०-८१ मा सम्पादित पोषण कार्यक्रमहरुको समिक्षा तथा योजना तर्जुमा गोष्ठी

मिति २०८१-०८-१६ र १७ गतेका दिन पालुङटार नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आ.व. २०८०-०८१ मा सम्पादित पोषण कार्यक्रमहरुको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भयो । कार्यक्रममा पालुङटार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत श्री सृजना पोख्रेल ज्यूले अध्यक्षता गर्नु भएको थियो भने प्रमुख अतिथि पालुङटार नगरपालिकाका नगर प्रमुख श्री विवस चिन्तन ज्यू रहनु भएको थियो भने पालुङटर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री गौतम भण्डारी, शिक्षा शाखा प्रमुख श्री पूर्ण बहादुर नेपाली, कृषि शाखा प्रमुख श्री संकल्प न्यौपाने ज्यू रहनु भएको थियो । उक्त कार्यक्रममा स्वास्थ्य कार्यलय गोरखाका जनस्वास्थ्य अधिकृत श्री नवराज खड्का ज्यूले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा स्वास्थ्य संस्था प्रमुख, पोषण फोकल पर्सन र विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

नयाँ अप्राविधिक कर्मचारीहरूको लागि दुई दिने अभिमुखीकरण तालिम

पालुङटार नगरपालिका कार्यालयमा लोकसेवा कार्यालयबाट सिफारिस भई आउनुभएको नयाँ अप्राविधिक कर्मचारीहरूको लागि दुई दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ। साथै वडा कार्यालयमा कार्यरत सामाजिक परिचालक तथा कार्यालय सहयोगीहरू समेत सहभागी गराइएको कार्यक्रममा वडा कार्यालयबाट प्रवाह गरिने दैनिक सेवाहरूलाई प्रभावकारी, छिटो छरितो र गुणस्तरीय बनाउन गर्नुपर्ने प्रबन्धहरूको सम्बन्धमा अभिमुखीकरण गरिएको थियो। वडा कार्यालयबाट प्रवाह गरिने सेवाहरू पञ्जीकरण, सामाजिक सुरक्षा, सिफारिसहरू तथा राजस्व संकलन सम्बन्धमा प्रशिक्षण कार्यक्रम समेत सम्पन्न भएको छ।

  

 

 

 

 

 

प्रथम शैक्षिक मेला तथा प्रतिभा पहिचान कार्यक्रम २०८१

पालुङटार नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा पहिलो पटक शैक्षिक मेला तथा प्रतिभा पहिचान कार्यक्रम २०८१ मंसिर १३ र १४ गते अमरज्योति जनता माध्यमिक विद्यालय, पालुङटार-४ मा सम्पन्न भएको छ। उक्त कार्यक्रम को अध्यक्षता शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख पूर्ण बहादुर नेपाली ज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथि नगर प्रमुख विवस चिन्तन ज्यू र विशिष्ट अतिथि नगर उप-प्रमुख वन्दना पाण्डे ज्यू रहनु भएको थियो। साथै यस कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी ज्यू, वडा अध्यक्ष ज्यूहरु, विभिन्न राजनितिक दलका व्यक्तित्वहरु, शिक्षकहरू, विद्यार्थीहरू र अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो। उक्त कार्यक्रम शैक्षिक क्षेत्रमा विद्यार्थीहरुको वौद्धिक र सिर्जनात्मक क्षमता उजागर गर्ने, उनीहरुको विभिन्न कौशलहरुको पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको थियो।यस कार्यक्रम मार्फत विभिन्न विद्यालयका विद्यार्थीहरुलाई आफ्नो प्रतिभा प्रदर्शन गर्नका लागि अनुकूल मंच प्रदान गरिएको थियो।यस अवसरमा विद्यार्थीहरुले चित्रकला, विज्ञान प्रदर्शनी, गणितीय खेल र साहित्यिक प्रतियोगितामा भाग लिएका थिए।यस कार्यक्रमको पहिलो दिन मंसिर १३ गते माध्यमिक तह स्तरीय मौलिक नृत्य प्रतियोगिता, वाल विकास तहको शैक्षिक सामाग्री प्रदर्शनी, आधारभूत तह (कक्षा १-८) को शैक्षिक सामाग्री प्रदर्शनी, माध्यमिक तह(९-१२) को शैक्षिक सामाग्री प्रदर्शनी सम्पन्न भएको थियो भने कार्यक्रमको दोस्रो दिन मंसिर १४ गते कक्षा १-३ को पढाई प्रतियोगिता, कक्षा ४-५ को श्रुतिलेखन प्रतियोगिता, कक्षा ६-८ को चित्रकला प्रतियोगिता, कक्षा ४-५ को गणित दौड प्रतियोगिता सम्पन्न भएको थियो। माध्यमिक तह स्तरीय मौलिक नृत्य प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्न सफल मिरकोट मा.वि, पा.न.पा-१० कि आरोहि वि.क, द्वितिय पुरस्कार हासिल गर्न सफल भवानी मा.वि, पा.न.पा-५ कि सुशिला गिरी, तृतीय पुरस्कार हासिल गर्न सफल जनता मा.वि, पा.न.पा-२ कि अनिशा राना, सान्त्वना पुरस्कार हासिल गर्न सफल मदनेडाँडा मा.वि, पा.न.पा-९ कि स्नेहा पाटा मगर साथै वाल विकास तहको शैक्षिक सामाग्री प्रदर्शनी प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्न सफल श्री लक्ष्मी मा.वि, पा.न.पा-६, द्वितिय पुरस्कार हासिल गर्न सफल श्री जनता मा.वि, पा.न.पा-२, तृतीय पुरस्कार हासिल गर्न सफल श्री युनाइटेड इ.बो.स्कूल, पा.न.पा-५, सान्त्वना पुरस्कार हासिल गर्न सफल श्री मर्स्याङ्दी प्रा.वि, पा.न.पा-७ साथै आधारभूत तह (कक्षा १-८) को शैक्षिक सामाग्री (विषयगत) प्रदर्शनी प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्न सफल श्री भवानी मा.वि, पा.न.पा-५, द्वितिय पुरस्कार हासिल गर्न सफल श्री जीवन ज्योति मा.वि, पा.न.पा-७, तृतीय पुरस्कार हासिल गर्न सफल श्री भृकुटी आ.वि, पा.न.पा-४, सान्त्वना पुरस्कार हासिल गर्न सफल श्री अकला मा.वि, पा.न.पा-८, श्री लक्ष्मी मा.वि, पा.न.पा-६, श्री जनता मा.वि, पा.न.पा-२ यसै गरि माध्यमिक तह(९-१२) को शैक्षिक सामाग्री (विषयगत) प्रदर्शनी प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्न सफल श्री अमर ज्योति जनता मा.वि, पा.न.पा-४, द्वितिय पुरस्कार हासिल गर्न सफल श्री लक्ष्मी मा.वि, पा.न.पा-६, तृतीय पुरस्कार हासिल गर्न सफल श्री भवानी मा.वि, पा.न.पा-५, सान्त्वना पुरस्कार हासिल गर्न सफल श्री जनता मा.वि, पा.न.पा-२ साथै कक्षा १-३ को नेपाली विषयको पढाई प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्न सफल जनता मा.वि, , द्वितिय पुरस्कार हासिल गर्न सफल पृथ्वी मा.वि, तृतीय पुरस्कार हासिल गर्न सफल मदनेडाँडा मा.वि, सान्त्वना पुरस्कार हासिल गर्न सफल सूर्य मेमोरियल इ.बो.स्कूल साथै कक्षा १-३ को अंग्रेजी विषयको पढाई प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्न सफल युनाइटेड इ.बो.स्कूल, द्वितिय पुरस्कार हासिल गर्न सफल मदनेडाँडा मा.वि, तृतीय पुरस्कार हासिल गर्न सफल जनता मा.वि, सान्त्वना पुरस्कार हासिल गर्न सफल डुम्रे आ.वि साथै कक्षा ४-५ को अंग्रेजी विषयको श्रुतिलेखन प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्न सफल युनाइटेड इ.बो.स्कूल, द्वितिय पुरस्कार हासिल गर्न सफल ठाँटीपोखरी बालज्योति इ.बो.स्कूल, तृतीय पुरस्कार हासिल गर्न सफल जनता मा.वि, सान्त्वना पुरस्कार हासिल गर्न सफल अमर ज्योति जनता मा.वि यसै गरि कक्षा ४-५ को नेपाली विषयको श्रुतिलेखन प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्न सफल अकला मा.वि, द्वितिय पुरस्कार हासिल गर्न सफल मदनेडाँडा मा.वि, तृतीय पुरस्कार हासिल गर्न सफल अन्नपूर्ण मा.वि, सान्त्वना पुरस्कार हासिल गर्न सफल भवानी मा.वि साथै कक्षा ६-८ को चित्रकला प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्न सफल जनज्योति आ.वि, द्वितिय पुरस्कार हासिल गर्न सफल भवानी मा.वि, तृतीय पुरस्कार हासिल गर्न सफल अमरज्योति जनता मा.वि, सान्त्वना पुरस्कार हासिल गर्न सफल युनाइटेड इ.बो.स्कूल साथै कक्षा ४-५ को गणित दौड प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्न सफल भवानी मा.वि, द्वितिय पुरस्कार हासिल गर्न सफल युनाइटेड इ.बो.स्कूल, तृतीय पुरस्कार हासिल गर्न सफल जनता मा.वि, सान्त्वना पुरस्कार हासिल गर्न सफल पौवाटार प्रगति इ.बो.स्कूल साथै सर्वोकृष्ट आधारभूत विद्यालयको पुरस्कार हासिल गर्न सफल जनता मा.वि साथै सर्वोकृष्ट माध्यमिक विद्यालयको पुरस्कार हासिल गर्न सफल अमरज्योति जनता मा.वि यसै गरि शिक्षा दिवस २०८१ को अवसरमा सञ्चालित पालुङटार नगरपालिका स्तरीय शिक्षक साजिरी जवाफ प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल विद्यालयहरु क्रमशः श्री बालकल्याण माध्यामिक विद्यालय, पा.न.पा-७, श्री जनता माध्यामिक विद्यालय, पा.न.पा-२, श्री डुम्रे आधारभूत विद्यालय, पा.न.पा-३, श्री सगरमाथा प्राथमिक विद्यालय, पा.न.पा-३ यसै गरि मिति २०८१ भदौ २९ गते सञ्चालित पालिङटार नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल सहभागिहरु क्रमशः रोमिस रानाभाट (ठाँटीपोखरी बालज्योति ई.बो.स्कूल), सिमाना लामा(त्रिवेणी मा.वि), लक्ष्मी वि.क(जीवनज्योति मा.वि), सामुयल श्रेष्ठ(धर्मोदय मा.वि) रशमी गिरी(युनाइटेड ई.बो.स्कूल) साथै पालुङटार नगरपालिका भित्र सञ्चालित सामुदायिक माध्यमिक विद्यालयहरु मध्ये माध्यमिक तह उर्त्तीण परीक्षा कक्षा १२, २०८० मा सर्वोकृष्ट नतिजा हासिल गर्न सफल छात्रा र छात्रलाई एसइई २०८० र कक्षा-१२(२०८१) को नतिजा विश्लेषण तथा मापदण्ड निर्धारण उपसमितिको निर्णय बमोजिम पुरस्कार हस्तान्तरण गरिएको थियो सामुदायिक विद्यालय छात्रा तर्फ मन्जिता वि.क.(श्री अमरज्योति जनता मा.वि) सामुदायिक विद्यालय छात्र तर्फ निश्चल देवकोटा(श्री अमरज्योति जनता मा.वि) साथै पालुङटार नगरपालिका भित्र सञ्चालित सामुदायिक र संस्थागत माध्यमिक विद्यालयहरु मध्ये SEE परीक्षा २०८० मा सर्वोकृष्ट नतिजा हासिल गर्न सफल छात्रा र छात्रलाई एसइई २०८० र कक्षा-१२(२०८१) को नतिजा विश्लेषण तथा मापदण्ड निर्धारण उपसमितिको निर्णय बमोजिम पुरस्कार हस्तान्तरण गरिएको थियो सामुदायिक विद्यालय छात्रा तर्फ सुधा श्रेष्ठ(अकला मा.वि) सामुदायिक विद्यालय छात्र तर्फ निश्चल श्रेष्ठ(जीवन ज्योति मा.वि) संस्थागत विद्यालय छात्रा तर्फ युजिना गुरुङ(युनाइटेड इ.बो.स्कूल) संस्थागत विद्यालय छात्र तर्फ सजिन्द्र बानिया क्षेत्री(युनाइटेड इ.बो.स्कूल)।

दौड जितेर अनिष बने लिगलिगकोटको राजा
१६ असोज, गोरखा ।
दशौं लिगलिगे दौडको उपाधि पर्वतका अनिष थापाले हात पारेका छन् । १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पार गर्दै उनले उपाधि जितेका हुन् ।
दौड जितेसँगै अनिषलाई बिहीबार नै श्रीपेच र पगरी लगाएर लिगलिगे राजा घोषित गरिएको छ । ‘श्रीपेचसहित उहाँलाई मोटरमा राखेर नगर परिक्रमा गराउछौ,’ पालुङटार नगरपालिकाका मेयर दिपकवावु कंडेल ज्यूले भन्नुभयो, ‘राजा बनाएर आज एक रात यही लिगलिगकोटमा राख्छौं ।’
थापालाई ६० हजार १ सय नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पनि उपलब्ध गराइएको उनले बताए । एक वर्षसम्म लिगलिगकोटको दूत रहने गरी व्याज पनि उपलब्ध गराइएको छ । प्रतियोगितामा नेपाली सेनाका खगेन्द्र बहादुर भाट दोस्रो भएका छन् । एक घण्टा १ मिनेट ८ सेकेण्डमा उनले निर्धारित दूरी पार गरेका छन् । उनले ३५ हजार नगद पुरस्कार पाए । एक घण्टा १ मिनेट ३४ सेकेण्डमा निर्धारित दूरी पार गर्दै नेपाली सेनाकै रामजी बस्नेत तेस्रो भए । उनले नगद २५ हजार पुरस्कार पाएका छन् ।
१६६ जना सहभागी दौडमा दशौं स्थानसम्म हासिल गर्ने सहभागीलाई पुरस्कारको व्यवस्था गरिएको छ । पालुङटार नगरपालिका, नेपाली सेना र लिगलिगकोट विकास अभियानको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । विहान साडे आठ बजेबाट चेपे र मस्र्याङदी नदीको दोभान चेपेघाटबाट सुरु भएको दौड लिगलिगकोट दरबार पुगेर टुङ्गएिको छ ।
महिलातर्फ बड्डाँडाबाट लिगलिगकोट सम्मको ५ कि.मी. दूरीको खुल्ला दौड प्रतियोगिता पनि भएको छ । स्थानीय लिगलिगवासी र छात्रछात्रादेखि ४० वर्षभन्दा माथिका उमेर समूहका लागि पनि छुट्टाछुट्टै प्रतियोगिता दौड भएको थियो ।
प्रतियोगिताका लागि नगरपालिकाले १३ लाख तथा खेलकुद परिषद र टुरिजम बोर्डको तर्फबाट ५/५ लाख रकम सहयोग प्राप्त भएको थियो । लिगलिगकोटलाई पर्यटकीय थलोको रुपमा विकास गरेर पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ प्रतियोगिता गर्दै आएको लिगलिग कोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले बताए ।
यस वर्ष प्रतियोगिताको पुरस्कार रणसिंह दल गणले उपलब्ध गराएको गणपती उज्वल केसीले जानकारी गराउनु भयो ।

  

बिषादी न्यूनीकरण बिषयक सचेतना कार्यक्रम २०७५

राष्ट्रिय उपभोक्ता मंच गोरखा जिल्ला उपसमितिको संयोजन तथा प्लान्ट कवारेनटाईन एवं बिषादी व्यवास्थापन, ललितपुर र राष्ट्रिय उपभोक्ता मंच, काठमाडौँ को सहकार्यमा पालुङटार नगरपालिकाको कार्यालयको सभाहलमा नगरपालिकाका नगर प्रमुख ई. दीपक बाबु कंडेल ज्यू को प्रमुख अतिथिमा तथा बिषादी सम्बन्धि विशेसज्ञ को उपस्थितिमा बिषादी न्यूनीकरण बिषयक सचेतना कार्यक्रम २०७५ सम्पन्न भयो |

 

लिगलिगकोटमा नेपालकै ठुलो झन्डा मध्यको एक ४० फिट अग्लो राष्ट्रिय झन्डा झण्डात्तोलन कार्यक्रम

२०७५/०९/२७ पालुङटार नगरपालिका राष्ट्रिय एकता दिवसको सु-अवसरमा पालुङटार नगरपालिका वडा नं.२ स्थित ऐतिहासिक भुमि, सांस्कृतिक धरोहर आधुनिक नेपालको उद्गमस्थल लिगलिगकोटमा नेपालकै ठुलो झन्डा मध्यको एक ४० फिट अग्लो राष्ट्रिय झन्डा पालुङटार नगरपालिका नगर प्रमुख ई.दीपक बाबु कंडेल ज्यू बाट शुभ साइतमा पुजा आज सहित औपचारिक कार्यक्रमका बीच झण्डात्तोलन कार्यक्रम सम्पन भएको छ | कार्यक्रममा पालुङटार नगरपालिकाका उप प्रमुख पम्फा बसेल ज्यू वडा अध्यक्षहरु ज्युहरु  कार्यपालिका सदस्यज्यु हरु, नगरसभा सदस्यज्युहरु तथा क्रियाशील राजनीतिक दलका पार्टी प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो | कार्यक्रममा नगरबासीहरुको बाक्लो उपस्थिति रहेको थियो | त्यस क्रममा वडा नं. २ क वडा अध्यक्ष श्री लोक नाथ वाग्ले  ज्यूबाट स्वागत मन्तब्य तथा यस कार्यक्रमको महत्तोको उजागर गर्नु भएको थियो | भने कार्यक्रमको अध्यक्ष पालुङटार नगरपालिकाका नगर प्रमुख ई. दीपक बाबु कंडेल ज्यूले समग्र पालुङटार नगरपालिका बनाउने  ऐतिहासिक धरोहर लिगलिगकोटको सम्रक्ष मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रबर्दन गर्दै जनताका आर्थिक क्रियाकलापहरुमा अभिब्रिदी गर्दै समुन्नत, सम्रिदी पालुङटार नगरपालिका बनाउन सकिन्छ र यस झण्डा राख्नुले थप पर्यटन विकास तथा लिगलिगकोट चिनाउनलाई कोशेढुंगा (Milestone) हुने कुरा ब्यक्त गर्नु भएको थियो | यसै कार्यक्रम बीच “लिगलिग-पालुङटार प्रवर्द्धन यात्रा २०७५” मा पालुङटारका केही युवाहरू टिस्टा नदि सम्मको यात्रा गरेका र सोहि क्रममा टिस्टा पुर्याइएका झण्डाहरू युवा किरण गिरिले नगरपालिकाका मेयर इ दीपक बाबु कंडेल ज्यु लाई हस्तान्तरण गर्नु भएको थियो l

   

पालुङटार नगरपालिका नगर कार्यपालिकाको चौथो नगर सभा २०७५ तथा हिउदे नगर सभा सम्पन्न
पौष २३ गते सोमबारको दिन यस नगरपालिकाको ऐतिहासिक चौथौ नगरसभाको बिधिवत शुरुवात पा.न.पा. नगर सभाहलमा शुरु भएको छ नगर प्रमुख श्री दीपक बाबु कंडेल ज्युको अद्क्ष्यतामा शुरु भएको नगर सभामा नगर उप प्रमुख श्री पम्फा बसेल ज्यु ले शुभकामना दिनुभएको थियो भने नगर प्रमुख ज्यु ले २०७५/०७६ को पुष १५ सम्मको बार्षिक प्रगति विवरण सहित नगर गुरु योजनाहरुको बारेमा स्पष्ट पार्नुभएको थियो l कार्यक्रममा सभा अध्क्षय श्री इ दीपक बाबु कंडेल ज्युले बोल्नुहुदै भन्नुभयो आधुनिक नेपाल राज्यको उद्गमस्थल, मर्याङ्दी, चेपे र दरौंदीको बीचमा ऐतिहासिक लिगलिगको काखमा अवस्थित गोरखा जिल्लाको ११ वटा स्थानीय सरकारमध्येको एक यस नगरपालिका नेपालको संविधानले आत्मसाथ गरेको संघीयताको अवधारणा अनुरुप स्थानीय सरकारको चुनाव सम्पन्न भै जनप्रतिनिधिमार्फत शासन सञ्चालन भएको पनि पौने दुई बर्ष भएको छ । आफ्नो कार्यकालको मध्यकालीन अवधिको हामि सबैले समिक्षा गरि रहदा हाम्रो चाहना शुन्यमा महल बनाउने होइन यस धर्तीमा सुन्दर झुपडी बनाउने हुनुपर्छ l यस पालुङटारको सर्वपक्षिय सम्बृदीका लागि हामि भित्र कहिँ कतै सुसुप्त रुपमा रहेका र बेला बखत देखा पर्ने खराब प्रवृतिलाइ सुधार्ने मुख्य औसधि स्नेह, प्रेम, सदाचार र भातृत्व नै हो भन्ने हामीले बिर्सिनु हुदैन l हामि सधै सुखी र समृद्ध जीवन वाच्ने तयारीमा लागि रहन्छौ तर यथार्थमा बाच्न भने कहिले सक्दैनौ किन ? सहरमा घरहरु नजिक हुन्छन् तर मनहरु भने टाढा बन्दै गइरहेका हुन्छन यसको विपरीत गाउमा घरहरु टाढा तर मनहरु नजिक रहेका हुन्छन l मनहरु नजिक पारेरनै हामी हाम्रो जीवनको लक्ष्य प्राप्ति गर्न सक्छौ l २०७२ सालको महा विनासकारी भूकम्प बाट भौतिक संरचनाहरु मात्र चर्केका छैनन् भावानाका पर्खालहरु समेत चर्केको यस अवस्थामा यस पालुंगटारको पुननिर्माण र नवनिर्माणका लागि यी चर्किएका मनहरु जोड्न जरुरी छ यसका लागि हामि भित्र रहेका सबै प्रक्रारका मतभेद त्यागेर पालुंगटार निर्माणको महान यात्रामा संगै हिड्नको बिकल्प छैन l यस अवधिमा नगरपालिकाले समग्र पक्षहरुको सकरात्मक विकासमा कुन हदसम्म सफलता हासिँल गर्न सक्यो त्यसको समिक्षा गर्दै थप रणनीतिहरु तर्जुमा गर्दै भएका कमिकमजोरीहरुबाट पाठ सिक्दै, सुधार गर्दै समृद्ध पालुङटार निर्माण गर्ने दायित्व हामी नि