संक्षिप्त परिचय

पालुङटार नगरपालिकाको एक चिनारी

                                                                                     


गोरखा जिल्ला नेपालको  गण्डकी प्रदेश अन्तर्गत पर्ने  जिल्लाहरु मध्ये एक ऐतिहासिक महत्व रहेको जिल्ला, ऐतिहासिक रूपमा आधुनिक नेपाल निर्माण र पौराणिक गोर्खा सैनिकहरूको नाम संग जोडिएको छ । यो समुन्द्री सतहबाट २२८ मिटर देखि ८,१६३ मिटर सम्मको उचाईमा रहेको साथै ३,६१० वर्ग कि.मी मा फैलिएको यो जिल्लालाई जैविक विविधताले धनी र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ । यस जिल्लालाई हालको संघीय संरचना अनुसार २ नगरपालिका, ९ गाउँपालिका र ९४ वटा वडामा विभाजन गरिएको मध्ये एक नगरपालिका हो पालुङटार नगरपालिका ।

पालुङटार नगरपालिका गोरखा जिल्ला अन्तर्गत मध्ये एक ऐतिहासिक महत्त्व रहेको  सुन्दर नगरपालिका हो | यो २०७१ सालमा साविकको ४ वटा गा.वि.स (च्याङली, गाईखुर, पालुङटार, आँपपिपल) मिलेर तथा २०७३ सालमा संघियता लागू भएपछि ३ वटा गा.वि.स (मिरकोट, धुवाकोट र खोप्लाब) थपिई बनेको नगरपालिका हो | यस नगरपालिकामा २०७८ को जनगणना अनुसार ११०७२ घरपरिवार जसमा १७२६२ जना पुरुष र २०१४७ जना महिला गरी कुल ३७४०९ जना जनसंख्या रहेको छ । यसरी बनेको हालको नगरपालिकाको क्षेत्रफल १५८.६२ बर्ग कि.मी रहेको छ | यस नगरपालिकाको पूर्वमा गोरखा न.पा र सिरान्चोक गा.पा, पश्चिममा तनंहु जिल्ला, उत्तरमा सिरानचोक गा.पा र लमजुंग जिल्ला र दक्षिणमा गोरखा न.पा र तनंहु जिल्ला पर्दछ । यो नगरपालिका राजधानी शहर काठमाडौँ र धेरै लोकप्रिय पर्यटन स्थलहरु जस्तै पोखरा र चितवन देखि नजिक छ र राष्ट्रिय राजमार्ग पृथ्बी राजमार्गसंग जोडिएको छ । यस क्षेत्रमा फैलिएको तीन प्रमुख नदीहरू चेपे, दौरादी र मर्स्याङ्दीले कृषि क्षेत्रमा र कृषि अर्थतन्त्रको आधार बनाएको छ। नेपाल सरकारले पालुङटारलाई देशको पहिलो स्मार्ट सिटी बनाउने योजना बनाएको छ । यस नगरपालिकामा लिगलिगकोट, कोटगढी, ताल पोखरी, तातो पानी जस्तो ऐतिहासिक सास्कृतिक सम्पदाले भरिपूर्ण भएको पर्यटकिय स्थल पनि रहेको छ जहाँ प्रत्येक वर्षको असोजमा लिग लिग दौड प्रतियोगिता द्धारा १ वर्षका लागि लिगलिगे राजा चयन गर्ने गरिन्छ । 

                                                                                                                                                                                                   

देश : नेपाल
प्रदेश : गण्डकी
जिल्ला : गोरखा
नगरपालिका : पालुङटार नगरपालिका
जनसंख्या : ३७४०९
वडा : १०
क्षेत्रफ़ल : १५८.६२ वर्ग कि.मि.

 

सिमाना

पूर्व           :     गोरखा ना.पा. र सिरानचोक गा.पा.
पश्चिम       :     तनंहु जिल्ला
उत्तर         :     सिरानचोक गा.पा. र लमजुंग जिल्ला
दक्षिण       :     गोरखा न.पा. र तनंहु जिल्ला

 

हावापानी

औसत तापक्रम :  २५ डि.से.
न्युनतम           :  १४ डि.से.
औसत बर्षा     :  १४१२ मि.मि.

 

मुख्य नदि तथा खोलाहरु

मुख्य नदी  :     मर्स्याङ्दी, चेपे, दरौदी
खोलाहरु   :     बोरे खोला, बडरे खोला, लकम खोला, भुसुनडे खोला, धौ खोला, प्यौदी खोला, सुखारे खोला,

 

पर्यटकीय स्थल तथा मन्दिरहरु

१. लिगलिगकोट दरबार                                                        १२. थानीको थान मन्दिर                                                                                      

२. तालपोखरी                                                                     १३. सिद्दालेक (तामा खानि)

३. कोट गढी                                                                        १४. भुलभुले खार तातोपानी

४. तातो पानी                                                                       १५. पाच्यान स्मृति

५. कालु पाण्डे स्मृति                                                             १६. कालामहादेव मन्दिर धारापानी

६. चेपे दोभान                                                                      १७. कामाधेनु मन्दिर

७. बनदेबी मन्दिर                                                                 १८. हिरामुनीटार महादेव मन्दिर

८. अन्नपुर्ण मन्दिर                                                                १९. भण्डारथोक कालिका

९. महादेव मन्दिर                                                                  २०. भुमिमाइ मन्दिर

१०.  माई मनकामना मन्दिर                                                       २१. जल्पादेवी मन्दिर

११.  राधाकृष्ण मन्दिर                                                             २२.

साक्षरता प्रतिशत

जम्मा साक्षरता – ७५.४%

साक्षरता महिला – ६८.५%

साक्षरता पुरुष – ८३.५%

वडा कार्यालयहरु

हालको  वडा नं.
साबिक गा.बि.स./ नगरपालिका
साबिक वडा नं.
क्षेत्रफ़ल    (वर्ग कि.मि.)
हाल रहेको कार्यालयहरु
जि.पि.एस. स्थान
अक्षांश
देशान्तर
खोप्लांग
४ , ९
१३.३६
खोप्लांग, सातदोबाटो
२८० १.६८७०' N
८४०३३.४०२०'E
खोप्लांग
पालुङटार
१,२,३
१२,१३
१८.१५
आपपिपल, आपपिपल बजार
२८.०७१२०१
८४.५४०६१७
पालुङटार
७,११
१६.१३
डुम्रे डाँडा
२८० ४' ८.३०"
८४०३०;२९.३०"
पालुङटार
६,८,९
१५.३७
बारपिर्के
२८.०४१३८७२
८४.४९४०१३८८
पालुङटार
१०
५.०९
ठाँटीपोखरी बजार
२८० ०३' १२.२७३"
८४०२९'१४.५३६"
पालुङटार
१,४,५
१९.७२
गाईखुर, साबिक गा.वि.स. भवन
२८.०१०१७७८६
८४.४८६३१६३०
पालुङटार
२,३
२१.८१
च्यांगली, बिरुवाटार
२७० ५८' १५.९३२"
८४०२६' ३४.३२३"
धुँवाकोट
१,२,३,४,५,६
११.२
धुवाकोट
२७.९४६७५
८४.४४८०२
धुँवाकोट
मिर्कोट
७,८,९
५,८
२२.११
बिर्दी
२७० ५८' २८.५५"
८४० ३१' ५७.३९"
१०
मिर्कोट
१,२,३,४,६,७,९
१४.५१
मिरकोट
२७० ५९' ३६"
८४० ३१' ५९"
जम्मा
 
 
१५८.६२
 
 
 

 

जनसंख्या विवरण

वार्ड
पुरुष
महिला
तेस्रो लिंगी
जनसंख्या
घरधुरी
कैफियत
१५२५
१८०१
 
३३२६
९५०
 
  २  १५४७ १८८३   ३४६० १६०  
१२३४
१४४८
 
२६८२
८३२
 
 ४  २०२१ २३६९   ४३९० १३०३  
२२६२
२६०९
 
४८७१
१४१५
 
  ६  २०१५ २२८४   ४२९९ १२४८  
२५४२
२९३६
-
५४७८
१५०९
 
  ८  १३०४ १५०२   २८०६ ८३१  
१९२९
२२६७
 
४१८५
१२२०
 
१० ८९४ १०४८   १९४२ ६०४  
जम्मा
१७२६२
२०१४७
 
३७४०९
११०७२
 

                                                                                            श्रोत: २०७८ राष्ट्रिय जनगणना

भूउपयोग

सि.नं.

भू उपयोग

क्षेत्रफ़ल (वर्ग कि.मि.)

क्षेत्रफ़ल (%)

खेती

८४.६४

५३.३६

जंगल

५३.८५

३३.९४

झाडी

२.०३

१.२८

वागवानी

०.६४

०.४१

सरकारी कार्यालयको विवरण

ईलाका प्रहरी कार्यालय – १

प्रहरी चौकी – ४