पालुङ्गटार नगरपालिकाको एक चिनारी
गोरखा जिल्ला नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने जिल्लाहरु मध्ये एक ऐतिहासिक महत्व रहेको जिल्ला हो । यो समुन्द्री सतहबाट २२८ मिटर देखि ८,१६३ मिटर सम्मको उचाईमा रहेको साथै ३,६१० वर्ग कि.मी मा फैलिएको यो जिल्लालाई जैविक विविधताले धनी र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ । यस जिल्लालाई हालको संघीय संरचना अनुसार २ नगरपालिका, ९ गाउँपालिका र ९४ वटा वडामा विभाजन गरिएको भध्ये १ नगरपालिका हो पालुङ्गटार नगरपालिका ।
२०७१ सालमा साविकको ४ वटा गा.वि.स (च्या∙ली, गाईखुर, पालुबटार, आँपपिपल) मिलेर तथा २०७३ सालमा संघियता लागू भएपछि ३ वटा गा.वि.स (मिरकोट, धुवाकोट र खोप्लाब) थपिई बनेको नगरपालिका हो यस नगरपालिकामा २०६८ को जनगणना अनुसार ९९२९ घरपरिवार जसमा १६६६७ जना पुरुष र २१५७७ जना महिला गरी कुल ३८२४४ जना जनसंख्या रहेको छ । यसरी बनेको हालको नगरपालिकाको क्षेत्रफल (१५८.६२ बर्ग कि.मी) रहेको छ भने यस नगरपालिकाको पूर्वमा गोरखा न.पा र सिरान्चोक गा.पा, पश्चिममा तनहँु जिल्ला, उत्तरमा सिरानचोक गा.पा र लमजुब जिल्ला र दक्षिणमा गोरखा न.पा र तनहँु जिल्ला पर्दछ । यस नगरपालिकामा लिगलिगकोट जस्तो ऐतिहासिक सास्कृतिक सम्पदाले भरिपूर्ण भएको पर्यटकिय स्थल पनि रहेको छ जहाँ प्रत्येक वर्षको असोजमा लिग लिग दौड प्रतियोगिता द्धारा १ वर्षका लागि लिगलिगेराजा चयन गर्ने गरिन्छ ।
Ward No |
Households |
Population |
1 |
937 |
3669 |
2 |
1200 |
4243 |
3 |
859 |
3327 |
4 |
1124 |
4161 |
5 |
910 |
3508 |
6 |
1146 |
4605 |
7 |
1250 |
5141 |
8 |
709 |
2728 |
9 |
1133 |
4279 |
10 |
656 |
2513 |
Total |
9924 |
38174 |
श्रोत: २०६८ को जनगणना अनुसार
सिमाना
पूर्व : गोरखा न.पा.
पश्चिम : मर्स्याङदी नदी (भानु न.पा.)
उत्तर : सिरानचोक गा.पा.
दछिण : मर्स्याङदी नदी
क्षेत्रफ़ल
हालका वडा नं.हरु |
क्षेत्रफ़ल (वर्ग कि.मि.) |
हाल रहेको कार्यालयहरु |
१ |
१३.३६ |
खोप्लांग, सातदोबाटो |
२ |
१८.१५ |
आपपिपल, आपपिपल बजार |
३ |
१६.१३ |
डुम्रे डाँडा |
४ |
१५.३७ |
बारपिर्के |
५ |
५.०९ |
ठाँटीपोखरी बजार |
६ |
१९.७२ |
गाईखुर, साबिक गा.वि.स. भवन |
७ |
२१.८१ |
च्यांगली, बिरुवाटार |
८ |
११.२ |
धुवाकोट |
९ |
२२.११ |
बिर्दी |
१० |
१४.५१ |
मिरकोट |
जम्मा |
१५८.६२ |
|
सरकारी कार्यालयको विवरण
ईलाका प्रहरी कार्यालय – १
प्रहरी चौकी सेरा चोक – १
ईलाका वन कार्यालय – १
कृषि सेवा केन्द्र – १
स्वास्थ्य चौकी – १
शहरी स्वास्थ्य केन्द्र – ४
सरकारी अस्पताल – १
ईलाका हुलाक कार्यालय - १
शैक्षिक सस्थाको विवरण
स्नातक क्याम्पस – १
मा.वि. – १३
आधारभुत प्रा.वि. – २७
बाल कक्षा (ECD) – २