सार्वजनिक सुनुवाई प्रतिवेदन २०८० प्रथम चौमासिक
सार्वजनिक सुनुवाई प्रतिवेदन २०७९ तेश्रो चौमासिक
सार्वजनिक सुनुवाई प्रतिवेदन २०७९ दोश्रो चौमासिक
सार्वजनिक सुनुवाई प्रतिवेदन २०७९ प्रथम चौमासिक
सार्वजनिक सुनुवाई प्रथम चौमासिक २०७९/८०
आज मिति २०७९ पौष १७ गते पालुङटार नगरपालिकाको आयोजनामा पालुङटार नगरपालिका वडा नं. ८ कार्यालयको प्राङ्गणमा वडा नं. ८ का वडा अध्यक्ष होप बहादुर नेपालीको ज्यू को अध्यक्षतामा र नगर प्रमुख विवस चिन्तन ज्यू को प्रमुख आतित्थ्यमा पालुङटार नगरपालिकाको आ.व. ०७९/८० को प्रथम चौमासिक सम्ममा संचालन भएका योजना, कार्यक्रम तथा सेवाहरुको सम्बन्धमा संचालन भएको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भयो । नगर प्रमुख विवस चिन्तन ज्यू ले पानसमा बत्ति बाली उदघाटन गर्नु भएको यस कार्यक्रममा उप प्रमुख बन्दना पाण्डे ज्यू, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी ज्यू, वडा नं. ७, ८ र ९ का वडा अध्यक्ष ज्युहरु, शाखा प्रमुख ज्यू हरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधि ज्यू हरु, नगरबासीहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो । रेडियो पालुङटारका संचारकर्मी राजेश पौडेल र सुजन न्यौपानेले संचालन गर्नुभएको यस कार्यक्रममा नगरबासीहरुले नगरको विकासको सम्बन्धमा भएका बिभिन्न योजना, कार्यक्रम र सेवाहरुको बिषयमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष र शाखा प्रमुखहरुलाई प्रश्न सोधी जानकारी लिई खबरदारी समेत गर्नुभयो ।