"समाजबादको आधार निर्माणको अभियान, सून्दर र समृद्ध पालुङटार हाम्रो शान ।"

नेपाली | English

१२ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१

18 Jan 2025

५ माघ


मिति २०८१-१०-०५ देखि २०८१-१०-०७ गते सम्म जिल्ला खेलकुद विकास समिति गोरखा द्वारा आयोजना तथा पालुङटार नगरपालिकाको सह-आयोजनामा अन्तर स्थानिय तह १२ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१ को पहिलो दिन सम्पन्न भएको छ। उक्त कार्याक्रमको अध्यक्षता जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण सिंह बस्नेत-(शान्ता) ज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका माननीय मुख्य मन्त्री सुरेन्द्र राज पाण्डे ज्यू, प्रथम महिला विना पाण्डे रहनु भएको थियो। उक्त कार्यक्रममा विशेष अतिथि जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापा मगर ज्यू, पालुङटार नगरपालिका नगर प्रमुख विवस चिन्तन ज्यू, गोरखा नगरपालिका नगर प्रमुख कृष्ण बहादुर राना ज्यू रहनु भएको थियो । उक्त कार्यक्रममा पालुङटार नगरपालिकाको नगर उप-प्रमुख वन्दना पाण्डे ज्यू, गोरखा जिल्ला भित्रका विभिन्न स्थानिय तह प्रमुख/अध्यक्ष ज्यूहरु, उप-प्रमुख/उपाध्यक्ष ज्यूहरु, प्रमुख जिल्ला अधिकारी गोरखा जिल्ला, जिल्ला प्रहरी प्रमुख, सशत्र प्रहरी प्रमुख, राष्ट्रिया अनुसन्धान गोरखा प्रमुख, पालुङटार नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत कमानसिं थापामगर, पा.न.पा शिक्षा शाखा प्रमुख पूर्ण बहादुर नेपाली, गो.न.पा शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्का, पा.न.पा वडा अध्यक्ष ज्यूहरु, गोरखा जिल्ला भित्रका विभिन्न स्थानिय तहका वडा अध्यक्ष ज्यूहरु, विभिन्न स्थानिय तहका शिक्षा शाखा प्रमुख ज्यूहरु, विभिन्न राजनितिक दलका प्रतिनिधि ज्यूहरु, गोरखा क्याम्पस- क्याम्पस प्रमुख नवराज पाण्डे ज्यू, गोरखा उद्योग बाणिज्य संघ अध्यक्ष भगवान बाबु मास्के ज्यू, भवानी बहुमुखी क्याम्पस प्रमुख बिष्णु प्रसाद आचार्य ज्यू, वि.व्य.स. अध्यक्ष भवानी मा.बि प्रेम बहादुर गुरुङ ज्यू, प्र.अ. भवानी मा.बि. ओजराज गिरी ज्यू, जिल्ला स्थित विभिन्न विद्यालयका प्र.अ, प्रतिनिधि तथा शिक्षक ज्यूहरु, पा.न.पा उद्योग बाणिज्य संघ अध्यक्ष मान बहादुर आले ज्यू, पा.न.पा रेड्क्रस शाखा सभापति दुर्योधन अधिकारी ज्यू, रेफ्री तथा भलिबल संघ जिल्ला अध्यक्ष कृष्ण गुरुङ ज्यू, रेफ्री तथा भलिबल संघ जिल्ला सचिव राजु बाबु श्रेष्ठ तथा अन्य रेफ्री ज्यूहरु, एथ्लेटिक्स तर्फका रेफ्री ज्यूहरु, कबड्डी तर्फका रेफ्री ज्यूहरुको आतिथ्यता रहेको थियो भने अभिभावक ज्यूहरु, साथै विभिन्न स्थानिय तहका विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको पहिलो दिन विभिन्न खेलहरु (३००० मि. दौड (छात्र/छात्रा), २०० मि.दौड (छात्र/छात्रा), लङजम्प(छात्र/छात्रा), भलिबल(छात्र/छात्रा), कबड्डी(छात्र/छात्रा), ४०० मि.दौड (छात्र/छात्रा)) खेलाइ सम्पन्न भएको छ।

 KriwiAI

close
send