कार्यालयमा जनसम्पर्क सोधपुछ वा सहायता कक्षाको प्रभावकारी सञ्चालन गर्ने ।
प्रमुख प्रशासकीय अधिकृत वा प्रशासन शाखा प्रमुखको आदेशमा उजुरी पेटिकाको मुचुल्का उठाई खोल्ने र प्राप्त उजुरी समयमै प्रमुख प्रशासकीय अधिकृत वा प्रशासन शाखा प्रमुख समक्ष पेश गर्ने ।
कार्यालयमा प्राप्त हुने पत्रहरूको दर्ता किताबमा दर्ता गरी सम्बन्धित शाखा तथा शाखाहरूमा पुर्याउने व्यवस्था गर्ने ।
अत्यन्त जरुरी वा अतिगोप्य वा गोप्य पत्रहरू प्राप्त हुनासाथ प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
अन्य कार्यालय वा निकायहरूमा पठाउनुपर्ने पत्रहरूको चलानी गरी हुलाक वा अन्य माध्यम मार्फत पठाउने व्यवस्था मिलाउने ।
कार्यालयको छापहरूको दुरुपयोग हुन नपाउने गरी सुरक्षित साथ राख्ने व्यवस्था मिलाउने ।
शाखामा दर्ता गर्न ल्याइएका नगरपालिका क्षेत्रभित्रका आपसी झगडा सम्बन्धी विभिन्न उजुरी निवेदनहरू लगायतका लिखितहरु लिखतहरु प्रमुख प्रशासकीय अधिकृत वा प्रशासन शाखा प्रमुखको आदेशमा हेरी जाँची रिट पुगेको भए दर्ता गर्ने र नमिल्ने भए कारण जनाई प्रमुख प्रशासकीय अधिकृत वा प्रशासन शाखा प्रमुखलाई जानकारी गराउने ।
प्रमुख प्रशासकीय अधिकृत वा प्रशासन शाखा प्रमुखको आदेशमा मुद्दा मामिला सम्बन्धी कारबाही सुरु गर्न बुझ्नुपर्ने प्रमाण वा व्यक्तिलाई आदेश जारी गर्न म्याद जारी गरी तामेल गर्ने गराउने ।