रोजगार सेवा केन्द्रको कार्य विवरण
रोजगार संयोजक को कार्यविवरण तथा जिमेवारी यस प्रकार रहेको छ l
- नगरपालिका क्षेत्रभित्र रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विश्लेषण गरि बेरोजगार व्यक्तिको सुची स्वीकृतिका लागि नगर कार्यपालिकामापेश गर्ने,
- नगर कार्यपालिकाबाट स्वीकृत भयको बेरोजगार व्यक्तिको सूचीलाई रोजगार व्यवस्थापन सुचना प्रणालीमा अधावाधिक गरि सुचिकृत गर्ने र सुचिकृत बेरोजगार व्यक्तिहरुलाई लाभग्राही परिचयपत्र वितरण गर्ने ,
- नगरपालिका क्षेत्रभित्रको संभाव्य रोजगारीको स्थिति विश्लेषण गरि रोजगारीको तथ्यांक संकलन गर्ने ,रोजगारीका अवसरको नक्शांकन गर्ने तथा रोजगारीका अवसरहरुको अभिलेख गर्ने ,
- विभिन्न रोजगार आयोजनाहरुबाट माग भय बमोजिम सुचिकृत बेरोजगार व्यक्तिहरुलाई रोजगारीका लागि खटाउने ,
- नगरपालिका क्षेत्रभित्र उपलब्ध रोजगारीका अवसरहरुको पहिचान गरि सोको सुचना प्रवाह गर्ने,
- रोजगारदाताका लागि श्रमिकको उपलव्धताको सम्भाव्य जानकारी गराउने तथा माग भई आयको अवस्थामा रोजगारदातालाई बेरोजगार व्यक्तिको सूचीबाट श्रमिक उपलब्ध गराउने ,
- बेरोजगार व्यक्तिहरुको ज्ञान ,सिप तथा क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सिप विकास तालिमको पहिचान गरि सम्बन्धित तालिम केन्द्रमा सिफारिस गर्ने ,
- रोजगार सेवा केन्द्रमा सुचिकृत बेरोजगार व्यक्तिहरु मध्ये न्युनतम रोजगारी प्राप्त गर्ने,रोजगारमूलक तथा सिपमुलक तालिम प्राप्त गर्ने ,निजि क्षेत्रको रोजगारीमा सहभागी हुने तथा स्वरोजगार हुने व्यक्तिहरुको विवरण अधावधिक गर्ने,
- आफ्ना काम कारबाहीको बारेमा नियमित रुपमा सम्बन्धित नगर कार्यपालिकामा प्रतिवेदन गर्ने,
- यस कार्यक्रम र रोजगारी सम्बद्ध अन्य विषयमा मन्त्रालयमा र प्रदेशको सम्बन्धित मन्त्रालयमा रोजगार व्यवस्थापन सुचना प्रणालीमार्फत नियमित प्रतिवेदन गर्ने ,
- स्थानीय तहभित्रको बैदेशिक रोजगारीमा जाने तथा जान चाहनेहरुका लागि सुचना तथा परामर्श सेवा प्रदान गर्ने ,
- वैदेशिक रोजगार प्रवद्धन बोर्डबाट उपलब्ध गराइने आर्थिक सहायता वितरण सम्बन्धि कार्यमा सहयोग पुर्याउने ,
- आन्तरिक रोजगारि प्रवद्धन गर्नमा संलग्न सार्वजनिक क्षेत्रभित्रका सरोकारवालाहरुलाई अन्य सेवा प्रदान गर्ने ,
- कार्यक्रम सम्बन्धमा मन्त्रालयले समय समयमा दिएका निर्देशनको पालना गर्नु ,
- नगर कार्यपालिकाको प्रमुख प्रशासकीय अधिकृतको प्रत्यक्ष सुपरिवेक्षण ,निर्देशन र नियन्त्रणमा रही कार्य गर्ने l
- बैदेशिक रोजगारको शिलशिलामा बिभिन्न देशमा जाने व्यक्तिहरुलाई श्रम र पुन:श्रम स्वीकृत को लागि सहजीकरण गर्ने l