प्रथम शैक्षिक मेला तथा प्रतिभा पहिचान कार्यक्रम २०८१

२०८१ मंसिर १४

पालुङटार नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा पहिलो पटक शैक्षिक मेला तथा प्रतिभा पहिचान कार्यक्रम २०८१ मंसिर १३ र १४ गते अमरज्योति जनता माध्यमिक विद्यालय, पालुङटार-४ मा सम्पन्न भएको छ। उक्त कार्यक्रम को अध्यक्षता शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख पूर्ण बहादुर नेपाली ज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथि नगर प्रमुख विवस चिन्तन ज्यू र विशिष्ट अतिथि नगर उप-प्रमुख वन्दना पाण्डे ज्यू रहनु भएको थियो। साथै यस कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी ज्यू, वडा अध्यक्ष ज्यूहरु, विभिन्न राजनितिक दलका व्यक्तित्वहरु, शिक्षकहरू, विद्यार्थीहरू र अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो। उक्त कार्यक्रम शैक्षिक क्षेत्रमा विद्यार्थीहरुको वौद्धिक र सिर्जनात्मक क्षमता उजागर गर्ने, उनीहरुको विभिन्न कौशलहरुको पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको थियो।यस कार्यक्रम मार्फत विभिन्न विद्यालयका विद्यार्थीहरुलाई आफ्नो प्रतिभा प्रदर्शन गर्नका लागि अनुकूल मंच प्रदान गरिएको थियो।यस अवसरमा विद्यार्थीहरुले चित्रकला, विज्ञान प्रदर्शनी, गणितीय खेल र साहित्यिक प्रतियोगितामा भाग लिएका थिए।यस कार्यक्रमको पहिलो दिन मंसिर १३ गते माध्यमिक तह स्तरीय मौलिक नृत्य प्रतियोगिता, वाल विकास तहको शैक्षिक सामाग्री प्रदर्शनी, आधारभूत तह (कक्षा १-८) को शैक्षिक सामाग्री प्रदर्शनी, माध्यमिक तह(९-१२) को शैक्षिक सामाग्री प्रदर्शनी सम्पन्न भएको थियो भने कार्यक्रमको दोस्रो दिन मंसिर १४ गते कक्षा १-३ को पढाई प्रतियोगिता, कक्षा ४-५ को श्रुतिलेखन प्रतियोगिता, कक्षा ६-८ को चित्रकला प्रतियोगिता, कक्षा ४-५ को गणित दौड प्रतियोगिता सम्पन्न भएको थियो। माध्यमिक तह स्तरीय मौलिक नृत्य प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्न सफल मिरकोट मा.वि, पा.न.पा-१० कि आरोहि वि.क, द्वितिय पुरस्कार हासिल गर्न सफल भवानी मा.वि, पा.न.पा-५ कि सुशिला गिरी, तृतीय पुरस्कार हासिल गर्न सफल जनता मा.वि, पा.न.पा-२ कि अनिशा राना, सान्त्वना पुरस्कार हासिल गर्न सफल मदनेडाँडा मा.वि, पा.न.पा-९ कि स्नेहा पाटा मगर साथै वाल विकास तहको शैक्षिक सामाग्री प्रदर्शनी प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्न सफल श्री लक्ष्मी मा.वि, पा.न.पा-६, द्वितिय पुरस्कार हासिल गर्न सफल श्री जनता मा.वि, पा.न.पा-२, तृतीय पुरस्कार हासिल गर्न सफल श्री युनाइटेड इ.बो.स्कूल, पा.न.पा-५, सान्त्वना पुरस्कार हासिल गर्न सफल श्री मर्स्याङ्दी प्रा.वि, पा.न.पा-७ साथै आधारभूत तह (कक्षा १-८) को शैक्षिक सामाग्री (विषयगत) प्रदर्शनी प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्न सफल श्री भवानी मा.वि, पा.न.पा-५, द्वितिय पुरस्कार हासिल गर्न सफल श्री जीवन ज्योति मा.वि, पा.न.पा-७, तृतीय पुरस्कार हासिल गर्न सफल श्री भृकुटी आ.वि, पा.न.पा-४, सान्त्वना पुरस्कार हासिल गर्न सफल श्री अकला मा.वि, पा.न.पा-८, श्री लक्ष्मी मा.वि, पा.न.पा-६, श्री जनता मा.वि, पा.न.पा-२ यसै गरि माध्यमिक तह(९-१२) को शैक्षिक सामाग्री (विषयगत) प्रदर्शनी प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्न सफल श्री अमर ज्योति जनता मा.वि, पा.न.पा-४, द्वितिय पुरस्कार हासिल गर्न सफल श्री लक्ष्मी मा.वि, पा.न.पा-६, तृतीय पुरस्कार हासिल गर्न सफल श्री भवानी मा.वि, पा.न.पा-५, सान्त्वना पुरस्कार हासिल गर्न सफल श्री जनता मा.वि, पा.न.पा-२ साथै कक्षा १-३ को नेपाली विषयको पढाई प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्न सफल जनता मा.वि, , द्वितिय पुरस्कार हासिल गर्न सफल पृथ्वी मा.वि, तृतीय पुरस्कार हासिल गर्न सफल मदनेडाँडा मा.वि, सान्त्वना पुरस्कार हासिल गर्न सफल सूर्य मेमोरियल इ.बो.स्कूल साथै कक्षा १-३ को अंग्रेजी विषयको पढाई प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्न सफल युनाइटेड इ.बो.स्कूल, द्वितिय पुरस्कार हासिल गर्न सफल मदनेडाँडा मा.वि, तृतीय पुरस्कार हासिल गर्न सफल जनता मा.वि, सान्त्वना पुरस्कार हासिल गर्न सफल डुम्रे आ.वि साथै कक्षा ४-५ को अंग्रेजी विषयको श्रुतिलेखन प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्न सफल युनाइटेड इ.बो.स्कूल, द्वितिय पुरस्कार हासिल गर्न सफल ठाँटीपोखरी बालज्योति इ.बो.स्कूल, तृतीय पुरस्कार हासिल गर्न सफल जनता मा.वि, सान्त्वना पुरस्कार हासिल गर्न सफल अमर ज्योति जनता मा.वि यसै गरि कक्षा ४-५ को नेपाली विषयको श्रुतिलेखन प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्न सफल अकला मा.वि, द्वितिय पुरस्कार हासिल गर्न सफल मदनेडाँडा मा.वि, तृतीय पुरस्कार हासिल गर्न सफल अन्नपूर्ण मा.वि, सान्त्वना पुरस्कार हासिल गर्न सफल भवानी मा.वि साथै कक्षा ६-८ को चित्रकला प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्न सफल जनज्योति आ.वि, द्वितिय पुरस्कार हासिल गर्न सफल भवानी मा.वि, तृतीय पुरस्कार हासिल गर्न सफल अमरज्योति जनता मा.वि, सान्त्वना पुरस्कार हासिल गर्न सफल युनाइटेड इ.बो.स्कूल साथै कक्षा ४-५ को गणित दौड प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्न सफल भवानी मा.वि, द्वितिय पुरस्कार हासिल गर्न सफल युनाइटेड इ.बो.स्कूल, तृतीय पुरस्कार हासिल गर्न सफल जनता मा.वि, सान्त्वना पुरस्कार हासिल गर्न सफल पौवाटार प्रगति इ.बो.स्कूल साथै सर्वोकृष्ट आधारभूत विद्यालयको पुरस्कार हासिल गर्न सफल जनता मा.वि साथै सर्वोकृष्ट माध्यमिक विद्यालयको पुरस्कार हासिल गर्न सफल अमरज्योति जनता मा.वि यसै गरि शिक्षा दिवस २०८१ को अवसरमा सञ्चालित पालुङटार नगरपालिका स्तरीय शिक्षक साजिरी जवाफ प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल विद्यालयहरु क्रमशः श्री बालकल्याण माध्यामिक विद्यालय, पा.न.पा-७, श्री जनता माध्यामिक विद्यालय, पा.न.पा-२, श्री डुम्रे आधारभूत विद्यालय, पा.न.पा-३, श्री सगरमाथा प्राथमिक विद्यालय, पा.न.पा-३ यसै गरि मिति २०८१ भदौ २९ गते सञ्चालित पालिङटार नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल सहभागिहरु क्रमशः रोमिस रानाभाट (ठाँटीपोखरी बालज्योति ई.बो.स्कूल), सिमाना लामा(त्रिवेणी मा.वि), लक्ष्मी वि.क(जीवनज्योति मा.वि), सामुयल श्रेष्ठ(धर्मोदय मा.वि) रशमी गिरी(युनाइटेड ई.बो.स्कूल) साथै पालुङटार नगरपालिका भित्र सञ्चालित सामुदायिक माध्यमिक विद्यालयहरु मध्ये माध्यमिक तह उर्त्तीण परीक्षा कक्षा १२, २०८० मा सर्वोकृष्ट नतिजा हासिल गर्न सफल छात्रा र छात्रलाई एसइई २०८० र कक्षा-१२(२०८१) को नतिजा विश्लेषण तथा मापदण्ड निर्धारण उपसमितिको निर्णय बमोजिम पुरस्कार हस्तान्तरण गरिएको थियो सामुदायिक विद्यालय छात्रा तर्फ मन्जिता वि.क.(श्री अमरज्योति जनता मा.वि) सामुदायिक विद्यालय छात्र तर्फ निश्चल देवकोटा(श्री अमरज्योति जनता मा.वि) साथै पालुङटार नगरपालिका भित्र सञ्चालित सामुदायिक र संस्थागत माध्यमिक विद्यालयहरु मध्ये SEE परीक्षा २०८० मा सर्वोकृष्ट नतिजा हासिल गर्न सफल छात्रा र छात्रलाई एसइई २०८० र कक्षा-१२(२०८१) को नतिजा विश्लेषण तथा मापदण्ड निर्धारण उपसमितिको निर्णय बमोजिम पुरस्कार हस्तान्तरण गरिएको थियो सामुदायिक विद्यालय छात्रा तर्फ सुधा श्रेष्ठ(अकला मा.वि) सामुदायिक विद्यालय छात्र तर्फ निश्चल श्रेष्ठ(जीवन ज्योति मा.वि) संस्थागत विद्यालय छात्रा तर्फ युजिना गुरुङ(युनाइटेड इ.बो.स्कूल) संस्थागत विद्यालय छात्र तर्फ सजिन्द्र बानिया क्षेत्री(युनाइटेड इ.बो.स्कूल)।