पालुङटार नगरपालिकामा घरेलु फोहर व्यवस्थापन तालिम सम्पन्न

२०७४ मंसिर २१

पालुङटार नगरपालिकामा संचालित वातावरणमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत मिति २०७३ श्रावण १४ र १५ गते घरेलु फोहरमैला व्यवस्थापन सम्वन्धि तालिम संचालन गरियो । पा.न.पा. वडा नं. १,२, र ३ को संयुक्त wadआ कार्यालयको सभा हलमा १४ गते र वडा नं. १० मा १५ गते उक्त तालिम संचालन गरियो ।  उक्त तालिमको उद्घघाटन नगर प्रमुख एबम कार्यकारी अधिकृत श्री राकेश गुरुङले गर्नु भएको थियो भने  प्रशिक्षक ज्ञान बज्र महर्जनले सहजीकरण गर्नु भएको थियो । तालिम को समापनमा बोल्दै वातावरण अधिकृत देबी प्रसाद तिवारीले यस तालिमले घर तहमानै फोहर व्यवस्थापन गर्न सहयोग पुग्ने  र  नगरपालिकालाई वातावरणमैत्री घोषणा गर्ने अभियानमा मद्दत पुग्ने बताउनु भयो , सहभागीको तर्फबाट नगरपालिका चोक टोल बिकासका अधक्ष्य बिष्णु प्रसाद आचार्यले मनतव्य राख्दै आफुले उत्पादन गरेको फोहर आफैले व्यवस्थापन गर्ने सकिने  कुरा राख्नु भयो ।